पेरिसडाँडामा माओवादी केन्द्र सचिवालय बैठक सुरु
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिवालय बैठक सुरु भएको हो। आजको बैठकले वामपन्थी शक्तिविच बृहत एकता र ध्रुवीकरणबारे निर्णय लिने बताइएको छ।(3)-1761974410.jpeg)
काठमाडौं, कात्तिक १५ : नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिको सचिवालय बैठक सुरु भएको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिवालय बैठक सुरु भएको हो। आजको बैठकले वामपन्थी शक्तिविच बृहत एकता र ध्रुवीकरणबारे निर्णय लिने बताइएको छ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र विप्लव नेतृत्वको नेकपाको विद्रोही समूहसँग पार्टी एकताको छलफल अन्तिम चरणमा पुगेको बताइएको छ।
आगामी कात्तिक १७ गतेका लागि पनि माओवादी आयोजक समितिको बैठक डाकिएको छ।
प्रकाशित मिति: १५:४३ बजे, शनिबार, कात्तिक १५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












