Kathmandu Press

कांग्रेस पदाधिकारी बैठक बिना निष्कर्ष टुङ्गियो 

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा सहमति जुट्न नसकेपछि अर्को दिनका लागि बैठक सारिएकोछ।
कांग्रेस पदाधिकारी बैठक बिना निष्कर्ष टुङ्गियो 

काठमाडौं, कात्तिक १५ : नेपाली काँग्रेसको महाधिवेशनको कार्यतालिकाका बिषयमा सहमति जुटाउन शनिवार बसेको पार्टी पदाधिकारी बैठक बिना निष्कर्ष टुङ्गिएको छ।

कांग्रेस महाधिवेशन निर्वाचनअघि गर्ने कि पछि गर्ने भन्ने विषयमा विवाद देखिएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा सहमति जुट्न नसकेपछि अर्को दिनका लागि बैठक सारिएकोछ।

पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले समान धारणाका साथ अघि बढ्ने निष्कर्षका साथ बैठक सकिएको बताएका छन्।

प्रवक्ता महतले केन्द्रीय समितिले सहमतिबाटै एउटा समान दृष्टिकोण बनाएर टुङ्ग्याइने बताए। 

कांग्रेसको संस्थापन पक्ष आगामी आम निर्वाचनपछि महाधिवेशन गर्ने पक्षमा छ भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितको इतर पक्ष निर्वाचनअघि नै विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा छ । पछिल्लो समय कांग्रेस बैठक महाधवेशन केन्द्रीत रहे पनि सहमतीको विन्दु अझै भेटिएको छैन ।  

प्रकाशित मिति: १६:४० बजे, शनिबार, कात्तिक १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्