Kathmandu Press

नेकपा एसका नेताहरू अलगिएपछि झलनाथले भने– सिङ्गोे हुनलाई टुक्रा भएको हो

‘टुक्रा भएपछि सिङ्गोे हुन्छ । त्यो सिङ्गोे हुनलाई टुक्रा भएको हो । पूर्नगठन, गठन त प्रोसेस हो। आन्दोलनलाई व्यापक एकतामा पुर्याउनको लागि गरिएको आजको छलफल हो,’ उनले भने।  
नेकपा एसका नेताहरू अलगिएपछि झलनाथले भने– सिङ्गोे हुनलाई टुक्रा भएको हो

काठमाडौं, कात्तिक १५ : माओवादीसँग एकता गर्ने निर्णयपछि नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरु अलगिएका छन्। झलनाथ खनाल, घनश्याम भुषासलगायतका नेताहरुसहित उनीहरुले शनिबार भेला पनि गरेका छन्। 

भेलापछि नेता खनालले सिंगो हुनलाई टुक्रा भएको भन्दै पार्टी गठन र पूर्नगठन हुनु सामान्य प्रक्रिया भएको बताए। 

Hardik ivf

‘टुक्रा भएपछि सिङ्गोे हुन्छ । त्यो सिङ्गोे हुनलाई टुक्रा भएको हो । पूर्नगठन, गठन त प्रोसेस हो। आन्दोलनलाई व्यापक एकतामा पुर्याउनको लागि गरिएको आजको छलफल हो,’ उनले भने।  

पार्टीका पोलिटब्युरो सदस्य रहेका धर्म निरौलाले पार्टीबाट अलग भएको भन्दै अब एक हप्ताभित्र राष्ट्रिय कार्यकर्ता भेला गरि दृष्टिकोणसहितको कार्ययोजना प्रस्तुत गर्ने बताए। 

अलगै पार्टी बनाउन भएको भेलाअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘अहिले हामी त्यहाबाट अलग भएका छौ । अब कसरी बढ्ने भन्ने सन्दर्भमा आज हामी छलफलमा छौ हामी एक हप्ता भित्र राष्ट्रिय कार्यकर्ता भेला गर्छौ । त्यो भेलामा हामी कसरी भन्ने ढृष्टिकोणसहितको कार्ययोजना प्रस्तुत गर्छौ र अगाडि बढ्छांै।’ 

उनले अबको नेतृत्व महासचिव घनश्याम भुसालले गर्नुपर्ने नेता झलनाथ खनाल संरक्षक भएर बसेर महासचिव भुसाल संयोजक हुनुपर्ने बताए।

‘हाम्रो संयोजनको जिम्मा हाम्रो वैचारिक नेता घनश्याम भुसालले गरेर जानुपर्छ । अरु कम्रेडहरु पनि हुनुन्छ जो हिजो आदरणीय हुनुहुन्थ्यो उहाँहरु संरक्षक हुनुपर्छ । वैचारिक संरक्षण उहाँहरुको हुनेछ र उहाँहरुको वैचारिक संरक्षणमा हामीहरु अगाडि बढ्ने छौ,’उनले भने।  

प्रकाशित मिति: १६:३३ बजे, शनिबार, कात्तिक १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्