Kathmandu Press

एकीकृत समाजवादीको असन्तुष्ट पक्षको भिन्नै भेला 

एकीकृत समाजवादीको बहुमत पक्षले शुक्रबार नेकपा माओवादी केन्द्र लगायतसँग एकता गर्ने निर्णय गरेपछि असन्तुष्ट पक्षले भिन्नै भेला राखेको हो। एकीकृत समाजवादीका खनालले नयाँ दल गठन गर्ने घोषणा गरिसकेका छन्। 
एकीकृत समाजवादीको असन्तुष्ट पक्षको भिन्नै भेला 

काठमाडौं, कात्तिक १५ : नेकपा एकीकृत समाजवादी (एस)को असन्तुष्ट पक्ष छलफलमा जुटेको छ।

एकीकृत समाजवादीको बहुमत पक्षले शुक्रबार नेकपा माओवादी केन्द्र लगायतसँग एकता गर्ने निर्णय गरेपछि असन्तुष्ट पक्षले भिन्नै भेला राखेको हो। एकीकृत समाजवादीका खनालले नयाँ दल गठन गर्ने घोषणा गरिसकेका छन्। 

Hardik ivf

आगामी रणनीति तय गर्न काठमाडौंको सुकेधारामा असन्तुष्ट नेताहरु जुटेका हुन्। भेलामा नेता खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भूसाल, स्थायी कमिटी सदस्य विजय पौडेल, रामकुमारी झांक्री, जीवनराम श्रेष्ठ, अशेष घिमिरे, अर्जुन राई, दामोदर अर्याल, नरेश शाही, लक्ष्मण लम्साल, आरती लामा लगायत रहेको जनाइएको छ । उनीहरुले माओवादी केन्द्रसँग पार्टी एकताको विरोध गर्दै आएका छन्। 

पार्टीका सम्मानित नेता झलनाथ खनालले पार्टी अर्कोलाई बुझाउनकै लागि एकता गर्न थालिएको भन्दै आक्रोश व्यक्त गर्दै आएका छन्। नेता खनालले अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा लगाएको अवस्थामा नेपालले पार्टी अध्यक्ष पदबाट तत्काल राजीनामा दिनुपर्ने माग समेत गरेका थिए। 

माओवादीसँग पार्टी एकताका लागि नेपाललाई  एसका नेताहरु राजेन्द्र पाण्डे, बेदुराम भुसाल, जगन्नाथ खतिवडालगायत बहुमतको सहयोग रहेको छ। 

प्रकाशित मिति: १६:०० बजे, शनिबार, कात्तिक १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्