धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या, भैरहवामा आकस्मिक अवतरण
धनगढीबाट १० बजे उडेको फलाइट नम्बर २२२ को जहाजमा प्राविधिक समस्या देखिएपछि भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ।
काठमाडौं, कात्तिक १५ : धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएको छ।
धनगढीबाट १० बजे उडेको फलाइट नम्बर २२२ को जहाजमा प्राविधिक समस्या देखिएपछि भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ।
जहाज काठमाडौं नपुग्दै हाइड्रोलिक फेलियर भएको बताइएको छ।
हाइड्रोलिक फेल भएका कारण जहाज धावनमार्गबाट गुड्न नसक्दा करिब ४० मिनेट विमानस्थलका अन्य उडान अवरुद्ध भएको थियो।
विमानमा चालक दलका सदस्य र ८२ यात्रु सकुशल थिए। उनीहरू सबै विमानस्थलमै छन्।
उनीहरूलाई लिन काठमाडौंबाट अर्को जहाज भैरहवा जाने बताइएको छ।
प्रकाशित मिति: १४:१८ बजे, शनिबार, कात्तिक १५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार