Kathmandu Press

कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

महाशाखाले हाल नेपालमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जनाएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, कात्तिक १५ : जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ चक्रवातको प्रभाव कमजोर हुँदै गएको छ। शुक्रबार रातिदेखि यसको प्रभाव कमजोर हुँदै गएको हो।

महाशाखाले हाल नेपालमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जनाएको छ।

Hardik ivf

जसका कारण, आज बिहान कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न भागहरुमा वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने छ।

दिउँसो कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी प्रदेश उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति भने कोशी र मधेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने छ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

 

प्रकाशित मिति: १०:४७ बजे, शनिबार, कात्तिक १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्