Kathmandu Press

वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट गरिने

प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जनाए अनुसार निगम महाप्रबन्धका मैनालीको संयोजकत्वमा क्याप्टेन कुलबहादुर लिम्बु विज्ञ सदस्य रहने गरी समिति गठन भएको छ। 
वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट गरिने

काठमाडौं, कात्तिक १४ : नेपाल वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गर्न समिति गठन गरिएको छ। 

निगम महाप्रबन्धकमा खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्न पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरिएको हो।

Hardik ivf

प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जनाए अनुसार निगम महाप्रबन्धका मैनालीको संयोजकत्वमा क्याप्टेन कुलबहादुर लिम्बु विज्ञ सदस्य रहने गरी समिति गठन भएको छ। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका योजना तथा प्रशासन महाशाखा प्रमुख एवं सहसचिवले समितिमा सदस्य सचिवको काम गर्नेछन्। समितिलाई एक महिनाभित्र खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्न कार्यादेश दिइएको छ। 

खुला प्रतिस्पर्धाबाट नयाँ महाप्रबन्धक नियुक्त नभएसम्मका लागि निगमकै वरिष्ठतम् कर्मचारी उपमहानिर्देशक जनकराज कालाखेतीले निमित्त महाप्रबन्धक भई काम गर्ने जिम्मेवारीसमेत तोकिएको छ। 

यसैगरी निगमको सञ्चालक समिति अध्यक्षको काम अर्को व्यवस्था नभएसम्म उपाध्यक्ष विक्रम राईले गर्ने गरी तोकिएको छ। 

कार्यकारी अध्यक्षमा नियुक्त भएका युवराज अधिकारीको चार वर्षे कार्यकाल गत कात्तिक ९ गते सकिएको थियो ।


 

प्रकाशित मिति: १८:१७ बजे, शुक्रबार, कात्तिक १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्