नेताहरुको स्थान हद विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश
अधिवक्ता डा.प्रेमराज सिलवालले ओली र लेखकलाई स्थानहद तोक्नु कानून विपरीत रहेको जिकिर गर्दै सर्वोच्चमा रिट दिएका हुन्। उक्त रिटमा सरकार र आयोगका नाममा कारण देखाउ आदेश मात्र जारी भएको छ।
काठमाडौं, कात्तिक १४ : तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई उपत्यका बाहिर जान नपाउने गरी सरकारले तोकेको स्थान हदविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
शुक्रबार सर्वोच्चका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासमा भएको सुनुवाईपछि स्थानहद तोक्नुको कारण पेश गर्न सरकार र जाँचबुझ आयोगको नाममा आदेश जारी भएको छ।
अधिवक्ता डा.प्रेमराज सिलवालले ओली र लेखकलाई स्थानहद तोक्नु कानून विपरीत रहेको जिकिर गर्दै सर्वोच्चमा रिट दिएका हुन्। उक्त रिटमा सरकार र आयोगका नाममा कारण देखाउ आदेश मात्र जारी भएको छ।
जेन–जी आन्दोलनकाक्रममा भदौ २३ गते भएको दमन र २४ गते भएको आगजनीवारे जाँचबुझ गर्न गठित अयोगको सिफारिसमा अन्तरिम सरकारले ओली, लेखक, तत्कालिन गृहसचिव गोकर्णमणि दुवाडी र काठमाडौंका तत्कालिन प्रमुख जिल्ला अधिकारी छविराज रिजाललाई अनुमतीविना काठमाडौं उपत्यका छाड्न नदिने निर्णय गरेको थियो।
आयागको सिफारिस अनुरुप तत्कालिन गृहसचिव दुवाडीको बिषयमा भने पुनर्विचार गर्दै सरकारले स्थानहद फुकुवा गरेको थियो।