Kathmandu Press

‘नेपाल नागरिक पार्टी दर्ता’ नहुँदै लफडा, साथ दिएकाहरु तितरवितर 

भण्डारीले दल दर्ताका लागि एकपक्षीय रुपमा निर्वाचन आयोगमा दिएको निवेदन फिर्ता माग गरेपछि लफडा उत्पन्न भएको हो। डा.भण्डारीले नेपाल नागरिक पार्टी दर्ता नगर्ने भन्दै निवेदन फिर्ताको लागि निवेदन दिएका छन्। 
‘नेपाल नागरिक पार्टी दर्ता’ नहुँदै लफडा, साथ दिएकाहरु तितरवितर 

काठमाडौं, कात्तिक १४ : वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले नेतृत्व गरेको ‘नेपाल नागरिक पार्टी दर्ता’ को निर्णय नहुँदै लफडा सिर्जना भएको छ। 

भण्डारीले दल दर्ताका लागि एकपक्षीय रुपमा निर्वाचन आयोगमा दिएको निवेदन फिर्ता माग गरेपछि लफडा उत्पन्न भएको हो। डा.भण्डारीले नेपाल नागरिक पार्टी दर्ता नगर्ने भन्दै निवेदन फिर्ताको लागि निवेदन दिएका छन्। 

Hardik ivf

गत असोज ९ गते पार्टी दर्ताको निवेदन दिइएको थियो । पार्टीको चुनाव चिह्न जेनजीको जुत्ता माग गर्दै भण्डारीले दल दर्ताको निवेदन दिएका थिए। भण्डारीले निवेदन फिर्ता लिनुको कारण भने खोलेका छैनन्। 

यता, दल दर्ताको निवेदन फिर्ता लिएपछि पार्टी गठनमा साथ दिएकाहरु तितरवितर भएका छन्। पार्टी गठनमा सक्रिय भूमिका निर्वाह गरेका अधिवक्ता अमृत खरेलले पार्टी गठनमा सहयोग गरेको टीम प्रक्रियाबाट अलग भएको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका हुन् । 

‘नेपाल नागरिक पार्टी अर्गानिक ढङ्गले आम नागरिकको भूइँ तहसम्म गई संगठित गर्दै पार्टी निर्माण गर्नुपर्ने भन्ने मेरो र मेरो टिमका साथीहरुको मान्यता रहेकोमा कुनै अर्को दलमा मिसिएर जाने भन्ने लगायतका विषयमा हाम्रो सहमति नहुनाले अहिलेका लागि अर्को कुनै दलमा मिसिने वा टेक्निकल रुपमा एउटा पार्टी बनाउने भन्ने सम्मका प्रक्रियाबाट म लगायत हाम्रो टिम अहिले यो प्रक्रियाबाट अलग भएका छौं,’ खरेलले भनेका छन्। 

उनले पार्टीको तदर्थ समिति संयोजक तोकिएका डा.सुरेन्द्र भण्डारी नै अर्को पार्टीमा आबद्ध भई अघि बढ्ने सूचना थाहा पाएको दाबी गर्दै शुभकामना समेत दिएका छन् । पार्टी दर्ताका लागि निवेदन दिने बेला अधिवक्ता खरेलसहित, डा.दमनध्वज साउद, लेलिन विष्ट, डा.कमल किरण कटुवाल, डा.महेन्द्रजंग शाह, नुर मोहम्मद मिया, डा.राजेन्द्रप्रसाद न्यौपाने, राजेश काफ्ले, डा.सञ्जय खतिवडालगायत टीममा थिए। 

प्रकाशित मिति: १५:४३ बजे, शुक्रबार, कात्तिक १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्