Kathmandu Press

खड्कालाई भेटेर थापा र शर्माले गरे महाधिवेशनको वातावरण बनाउन आग्रह 

उनीहरुले सभापति शेरबहादुर देउवाले अधिवेशन गराउने गरी तोकेको जिम्मेवारी अनुरुप वातावरण बनाउन आग्रह गरेका हुन्। 
खड्कालाई भेटेर थापा र शर्माले गरे महाधिवेशनको वातावरण बनाउन आग्रह 

काठमाडौं, कात्तिक १४ : नेपाली कांग्रेसका महामन्त्रीद्वय गनगकुमार थापा र विश्वप्रकाश शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेटेर महाधिवेशनका लागि वातावरण बनाउन आग्रह गरेका छन्।

शुक्रबार दिउँसो कार्यवाहक सभापति खड्कालाई भेटेर महाधिवेशनको वातावरण बनाउन आग्रह गरेका हुन्।

उनीहरुले सभापति शेरबहादुर देउवाले अधिवेशन गराउने गरी तोकेको जिम्मेवारी अनुरुप वातावरण बनाउन आग्रह गरेका हुन्। 

कार्यवाहक सभापति खड्काले आफूले महाधिवेशनका लानगि पार्टीका नेताहरूसँग छलफलमै रहेको बताएका थिए । खड्काले महाधिवेशनको वातावरण बनाउन आफ्नो तर्फबाट छलफल चलाउन थापा र खड्कालाई सुझाएका पनि सुझाएका थिए। 

कांग्रेस संस्थापन इतर समूहको नेतृत्व गरिरहेका नेता डा.शेखर कोइरालासँग छलफल गरेर महामन्त्रीद्वय कार्यवाहक सभापति खड्कासँग छलफल गर्न पुगेका थिए। 

यसअघि बिहीबार पनि महामन्त्री थापाले कार्यवाहक सभापति खड्कासँग महाधिवेशनको कार्यतालिकाबारे छलफल गरेका थिए। 

प्रकाशित मिति: १४:५९ बजे, शुक्रबार, कात्तिक १४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्