Kathmandu Press

केन्द्रीय कार्यसमिति बैठकअघि डा.कोइरालाले आफू निकट पदाधिकारीसँग गरे छलफल

केन्द्रीय कार्यसमिति बैठकअघि डा.कोइरालाले आफू निकट पदाधिकारीसँग गरे छलफल

काठमाडौं, कात्तिक १४ : महाधिवेशनका बिषयमा पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी नेतासँग छलफल चलाएका छन्। 

नेता कोइरालाले शुक्रबार बिहान विशालनगरस्थित सम्पर्क कार्यालयमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेसँग छलफल गरेका हुन्। 

Hardik ivf

नेता कोइरालाले नियमित महाधिवेशनकै पक्षमा दबाब बढाउन आग्रह गरेको जनाइएको छ । विशेष महाधिवशेन की नियमित महाधिवेशन भनेर विवाद बढीरहेका बेला नेता कोइरालाले समाधान खोज्न छलफल शुरु गरेका हुन्। 

कोइरालाले नेताहरुसँगको छलफलमा कार्यतालिकासहित नियमित महाधिवेशनको मिति तोक्ने गरी सामूहिक आवाज उठाउनुपर्नेमा जोड दिएको बताइएको छ । छलफलमा सहभागि एक नेताका अनुसार २०८२, पुस १६ मा नियमित महाधिवेशन गर्ने प्रस्ताव समेत अघि सारिएको छ । महामन्त्री थापा र विश्वप्रकास शर्मा यो प्रस्ताव लिएर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई समेत भेटेका छन्। 

तर संस्थापन पक्ष भने फागुन २१ को चुनावअघि महाधिवेशन गर्न नसकिने बताउँदै आएको छ । यता, कावा सभापति खड्काले भने केन्द्रीय समितिले बहुमतको आधारमा निर्णय गर्ने बताउँदै आएका छन ।

कांग्रेसमा महाधिवेशनबारे चर्को बहस चलिरहेका बेला विशेष महाधिवेशन पक्षधरले अर्को भेला बोलाएको छ। आइतबारका लागि काठमाडौंमा भिन्नै भेला डाकिएको हो। यसअघि विशेष महाधिवेशन माग्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित केन्द्रीय कार्यालयमा बुझाइएको थियो। अहिले कांग्रेसको केन्द्रीय समिति बैठक चालु छ। 

कांग्रेस बैठकमा अहिलेसम्म कार्यतालिका पेस हुन नसकेको भन्दै विशेष महाधिवेशन पक्षधरले आपत्ति जनाउँदै आएको छ।
 

प्रकाशित मिति: १३:१५ बजे, शुक्रबार, कात्तिक १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्