Kathmandu Press

मुग्लिन–नारायणगढ सडकखण्ड खुल्यो

तुइन खोला पुल नजिक खसेका ढुंगा पन्छाएपछि सो सडक खण्डमा सवारी आवागमन सुरु भएको हो।
मुग्लिन–नारायणगढ सडकखण्ड खुल्यो
फाइल तस्बिर।

चितवन, कात्तिक १४ : मुग्लिन–नारायणगढ सडकखण्ड खुलेको छ। 

तुइन खोला पुल नजिक खसेका ढुंगा पन्छाएपछि सो सडक खण्डमा सवारी आवागमन सुरु भएको हो।

तुइन खोला नजिक माथिबाट ढुंगाहरू खस्न थालेपछि सडक अवरुछ भएको थियो। 

तुइन खोला क्षेत्रमा पहिरोको उच्च जोखिममा रहेकाले सडकको अवस्था बुझेर मात्र गन्तव्यमा जान र सावधानीका साथ सवारी साधन चलाउन पनि सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ।

प्रकाशित मिति: १०:४७ बजे, शुक्रबार, कात्तिक १४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्