गौरबाट छुटेको बससहित तीन साधन ठोक्किदा ३३ जना घाइते
बस सडकमा पल्टिएको र दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल, नेपाल नं. १७ गण आपटारी चितवनबाट गएको सुरक्षाफौजले घाइतेहरुको तत्काल उद्धार गरेको प्रहरी हो ।
रौतहट, कात्तिक १४ : रौतहटको गौरबाट छुटेको यात्रु बाहक बससहित तीन सवारी साधन ठोक्किदा ३३ जना घाइते भएका छन । चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा एउटा ट्रक र दुईवटा बस आपसमा ठोक्किँएको हो ।
भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा ईट्टा लोड गरेर पार्कीङ्ग गरिराखेको ना ६ ख ८१३ नंम्बरको ट्रकमा गौर बाट काठमाडौंतर्फ आउदै गरेको बा. प्र.०३०० ख ०१२३ नंम्बरको डल्फिन यात्रुबाहक बस ठोक्किएको र सोही बसमा जनकपुरबाट काठमाडौं तर्फ आउदै गरेको बा.प्र.०३०० ख ३९०२ नंम्बरको रुद्राक्ष यात्रुबाहक बस शुक्रबार बिहान करिब पौने २ बजे ठोक्किँएको प्रहरीले जानकारी दिएको छ ।
बस सडकमा पल्टिएको र दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल, नेपाल नं. १७ गण आपटारी चितवनबाट गएको सुरक्षाफौजले घाइतेहरुको तत्काल उद्धार गरेको प्रहरी हो ।
घाइतेहरु अहिले चितवन मेडिकल कलेजमा १५ जना, नेशनल सिटि अस्पतालमा १३ जना र भरतपुर अस्पतालमा ५ जनाको भर्ना गराइ उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । सडकबाट बसलाई हटाएर सडक एकतर्फी खुलाइएको छ ।
प्रहरीका अनुसार एक जना बसका चालकलाई नियन्त्रणमा लिएको र यस विषयमा थप अनुसन्धान भईरहेको छ ।












