Kathmandu Press

वर्तमान सरकारले निर्वाचनको लागि सहज वातावरण बनाउनु पर्छ : प्रवक्ता महत

प्रवक्ता महतले समग्रमा निर्वाचनको अवस्था बन्यो भने निर्वाचनमा जानुपर्ने सबैको धारणा रहेको भन्दै यो निर्वाचन राष्ट्रिय निर्वाचन भएको हुनाले यसलाई बढि प्राथमिकता दिने बताए।
वर्तमान सरकारले निर्वाचनको लागि सहज वातावरण बनाउनु पर्छ : प्रवक्ता महत

काठमाडौं, कात्तिक १३ : नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाशशरण महतले केन्द्रीय समितिको बैठक निर्वाचन कसरी शान्तिपूर्ण बनाउने भन्ने कुरामा केन्द्रीत रहेको बताएका छन्। 

बिहीबार नेपाली काङ्ग्रेसको केन्द्रीय समितिको बैठकपश्चात उनले देशलाई कसरी माथि उठाउने र सरकारले प्रस्तावित गरेको चुनावलाई कसरी शान्तिपूर्ण बनाउने भन्ने विषयमा बैठक केन्द्रीत रहेको बताए।

Hardik ivf

‘देशमा एउटा संकटको अवस्था छ यसबाट माथि कसरी उठ्ने भन्ने विषयमा साथिहरुले चिन्ता प्रकट गर्नु भएको छ त्यसैगरि सरकारले प्रस्तावित गरेको आउदो चुनावलाई कसरी शान्तिपूर्ण बनाउने, शान्तिपूर्ण हुन्छ कि हुदैँन्, अझै पनि गाँउ गाँउमा सुरक्षाको प्रत्याभूति छैन। यसबारेमा पनि साथिहरुले कुरा उठाउनु भएको छ,’ उनले भने।

प्रवक्ता महतले समग्रमा निर्वाचनको अवस्था बन्यो भने निर्वाचनमा जानुपर्ने सबैको धारणा रहेको भन्दै यो निर्वाचन राष्ट्रिय निर्वाचन भएको हुनाले यसलाई बढि प्राथमिकता दिने बताए।

‘समग्रमा निर्वाचनको अवस्था बन्यो भने निर्वाचनमा जानु पर्छ भन्ने कुरा आएको छ । साथै पार्टीमा अधिवेशनको कुरा जुन आएको छ, धेरै जसो साथिहरुले यो नियमित अधिवेशनमा जानु पर्ने कुरा गर्नु भएको छ । यो निर्वाचन राष्ट्रिय निर्वाचन भएको हुनाले राष्ट्रिय निर्वाचनलाई प्राथमिकता दिने कुरा गर्नु भएको छ । त्यसपछि अधिवेशनमा जाने कुरा त जानै पर्छ,’ उनले भने।

उनले वर्तमान सरकार सुशासनसँगै आउदो निर्वाचनलाई शान्तिपूर्ण बनाउने प्रयासमा लाग्नु पर्ने भन्दै त्यसको लागि बाहिर गएको हतियार र कैदीलाई नियन्त्रणमा लिनुपर्ने बताए। 

‘सुशासनको कुरामा सरकारले गर्नुपर्ने काम पनि गरोस र सँगसँगै मुख्य ध्यान निर्वाचन तर्फ पनि लानु पर्छ । त्यसको आधार र वातावरण सिर्जना गर्नुपर्छ । बाहिर गएको हतियारलाई नियन्त्रणमा लिनुपर्यो र कैदीहरुलाई पुन पक्राउ गर्नुपर्यो । समग्र रुपमा जनताको बीचमा जाने वातावरण बनाउनु पर्छ,’ उनले भने।

सुशासन सुनिश्चित गर्ने कुरामा सबै प्रतिबद्ध रहेको भन्दै यसमा सरकारसँग विमति हुनुपर्ने कुनै कुरा नभएको पनि उनको भनाई छ। 
 

प्रकाशित मिति: १९:४० बजे, बिहीबार, कात्तिक १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्