कांग्रेस केन्द्रीर्य समिति बैठकमा नियमित महाधिवेशनमै जानुपर्नेमा अधिकांशको जोड
बैठकमा बोल्ने अधिकाँस केन्द्रीय सदस्यहरुले कांग्रेस नियमित महाधिवेशनमै जानुपर्ने बताउँदै निर्वाचन अघि महाधिवेशन सम्भव नहुने धारणा राखेका थिए।
काठमाडौं, कात्तिक १३ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठक सकिएको छ । कांग्रेस प्रवक्ता डा.प्रकासशरण महतका अनुसार पुनः शुक्रबार दउँसो १ बजेबाट बैठक बस्ने छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो बसेको बैठकमा १५ जनाले आफ्ना धारणा राखेका थिए । बैठकमा मानबहादुर विश्वकर्मा, बहादुर सिंह (लामा) तामाङ, कृष्णचन्द्र नेपाली पोखरेल, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, रंगमती शाही, राजेन्द्रकुमार के.सी., मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राना, शान्ति परियार वि.क., विद्यादेवी तिमिल्सीना, लक्ष्मी खतिवडा, आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुली, आमन्त्रित प्रदेश सभापतिहरू इन्द्रबहादुर बानियाँ (बागमती) र अमरसिंह पुन (लुम्बिनी)ले धारणा राखे।
बैठकमा बोल्ने अधिकाँस केन्द्रीय सदस्यहरुले कांग्रेस नियमित महाधिवेशनमै जानुपर्ने बताउँदै निर्वाचन अघि महाधिवेशन सम्भव नहुने धारणा राखेका थिए। कार्यवाहक सभापतिको पूर्णबहादुर खड्काको सभापतित्वमा कांग्रेस केन्द्रीय समितिको बैठक बसिरहेको छ।
पार्टी सभापति शेरबहादुर देउवाले स्वास्थ्य अवस्थाको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेका थिए।









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

