Kathmandu Press

नाउपा छाडेका रेशम चौधरीले दिए नयाँ दल दर्ताको निवेदन 

चौधरीसहितका नेताहरू बिहीबार दल दर्ताको प्रयोजनका लागि निर्वाचन आयोग पुगेका थिए। पार्टी अध्यक्ष कबीर सोबलाई बनाउँदै दल दर्ताका लागि आयोगमा निवेदन परेको हो। 
नाउपा छाडेका रेशम चौधरीले दिए नयाँ दल दर्ताको निवेदन 

काठमाडौं, कात्तिक १३ : नागरिक उन्मुक्ति पार्टी (नाउपा) छाडेका रेशम चौधरीले नयाँ दल दर्ताका लागि निवेदन दिएका छन्। 

चौधरीले नागरिक उन्मुक्ति पार्टी, नेपाल नामको दल दर्ताका लागि दिएको निवेदन निर्वाचन आयोगमा दर्ता प्रक्रियामा रहेको छ। नाउपा छाडेका चौधरीले नयाँ दल घोषणा गरेका हुन्। 

Hardik ivf

चौधरीसहितका नेताहरू बिहीबार दल दर्ताको प्रयोजनका लागि निर्वाचन आयोग पुगेका थिए। पार्टी अध्यक्ष कबीर सोबलाई बनाउँदै दल दर्ताका लागि आयोगमा निवेदन परेको हो। 

पार्टीको चुनाव चिन्ह जाँतो प्रस्ताव गरिएको छ। निर्वाचन आयोगमा पेश भएको कागजात सनाखत हुनेक्रममा छ । पार्टी अध्यक्ष प्रश्ताव गरिएका २८ वर्षीय सोब कैलाली टिकापुरका हुन्। 

रेशम चौधरीसँग डा.सीके राउत नेतृत्वको जनमत पार्टी परित्याग गरेका अब्दुल खान पनि निर्वाचन आयोग पुगेका छन्। 

टीकापुरमा भएको हिंसात्मक घटनाका योजनाकार रहेको आरोपमा चौधरीलाई अदालतबाट जन्म कैदको सजायसमेत भएको थियो। कैदमै रहेका बेला उनले नाउपा स्थापना गरेका थिए।

पछिल्लो समय आफ्नी श्रीमती रञ्जिता श्रेष्ठसँग विवाद बढेपछि चौधरी नयाँ पार्टी गठनमा लागेका हुन्। 

प्रकाशित मिति: १७:२९ बजे, बिहीबार, कात्तिक १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्