Kathmandu Press

वरिष्ठ लेखा अधिकृत कार्कीविरुद्ध घुस लिएको आरोपमा मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीले डुङ्गेश्वर गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण कार्य सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग एक लाख घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो।
वरिष्ठ लेखा अधिकृत कार्कीविरुद्ध घुस लिएको आरोपमा मुद्दा

काठमाडौं, कात्तिक १३ : दैलेख जिल्लाको डुङ्गेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत टंक बहादुर कार्कीविरुद्ध घुस लिएको आरोपमा आरोपपत्र दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीले डुङ्गेश्वर गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण कार्य सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग एक लाख घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

सेवाग्राहीसँग उक्त रकम लिइसकेको अवस्थामा अख्तियारको केन्द्रीय कार्यालय र सुर्खेत कार्यालयबाट खटिएको संयुक्त टोलीले कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको थियो।

वरिष्ठ लेखा अधिकृत कार्कीले गाउँपालिकाको वडा नं. १, २, ३, ४ र ५ मा पर्ने जर्सीचोक–देउली–जडी हुँदै जाने सडक स्तरोन्नति योजनाको अन्तिम बिल भुक्तानीका लागि प्रक्रिया सहज बनाइदिने बहानामा घुस रकम लिएको दाबी अख्तियारले अदालत समक्ष गरेको छ। 

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिम कार्कीविरुद्ध एक लाख बिगो कायम गरी कैद र जरिवाना सजायको मागसहित अदालतमा आरोपपत्र दायर गरेको हो।

प्रकाशित मिति: १७:२२ बजे, बिहीबार, कात्तिक १३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्