Kathmandu Press

अध्यक्ष नेपालको राजीनामा माग्दै खनालले भने– पार्टी फुटाएर माओवादीमा जान सुहाउँछ?

‘पार्टी अर्कोलाई बुझाउनकै लागि एकता गर्ने भए गर्नुस्। होइन भने यो एकीकरणको बेला होइन । क्रान्तिकारी पार्टी निर्माण गर्ने बेला हो,’ बैठकमा खनालले भने।
अध्यक्ष नेपालको राजीनामा माग्दै खनालले भने– पार्टी फुटाएर माओवादीमा जान सुहाउँछ?

काठमाडौं, कात्तिक १३ : माओवादी केन्द्रसँग पार्टी एकताका लागि छलफल चलाइरहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई सोही पार्टीका सम्मानित नेता झलनाथ खनालले पार्टी फुटाएर माओवादीमा जान नसुहाउँछ ? भन्दै प्रश्न गरेका छन्। 

काठमाडौँको सुकेधारमा जारी केन्द्रीय समिति बैठकमा खनालले आफ्नो धारणा राख्नेक्रममा यस्तो प्रश्न गरेका हुन्। खनालले अहिले पार्टी एकता गर्ने समय नभएर क्रान्तिकारी पार्टी निर्माण गर्ने बेला रहेको भनाई राखे। 

Hardik ivf

‘पार्टी अर्कोलाई बुझाउनकै लागि एकता गर्ने भए गर्नुस्। होइन भने यो एकीकरणको बेला होइन । क्रान्तिकारी पार्टी निर्माण गर्ने बेला हो,’ बैठकमा खनालले भने।

खनालले माओवादीभित्र धेरै समस्या रहेको पनि बताए। माओवादीभित्रै तिब्र मतभेद रहेको बेला पार्टी एकता गर्नु उचित नहुने धारणा खनालको छ। 

‘उनीहरूभित्रै राजनीतिक, सैद्धान्तिक मतभेद छ । त्यो नमिलाई पार्टी चलाउन पनि सकिएन। पैसा पनि छैन । कार्यालय पनि तोडफोड भयो भनेर जान खोजेको हो भने भन्नु केही छैन।’ साथै, खनालले एमालेसँग विद्रोह गर्दा चार वर्षसम्म माधव नेपाललाई साथ दिएको स्मरण गर्दै भने, ‘अब अहिले माधव कमरेडले छाडेर जान सुहाउँछ ? यो पार्टी फुटाएर तपाई माओवादीमा जान सुहाउँछ?,’ खनालले भने। 

जेनजी विद्रोहको सन्दर्भमा अध्यक्ष नेपालको प्रतिवेदनमा आएका विषयहरू समेत सतही भएको बताए। नेकपाको दुई तिहाइको सरकार हुँदादेखि नै राम्रोसँग काम गर्न नसक्दा अहिलेको दुर्दशा निम्तिएको टिप्पणी खनालको थियो। नेता खनालले अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा लगाएको अवस्थामा पार्टी अध्यक्ष पदबाट राजीनामा दिन पनि सुझाव दिए। 

एसका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी पनि नचलाउने, एकता पनि नगर्ने भनेर कहीँ नपुगिने तर्क गरे। ‘यसैपनि हाम्रो पार्टी सकिन लागेको छ । पार्टी चलाउन सकिएको छैन । चलाउन नसकेपछि अर्कोलाई बुझाउनैपर्छ,’ पाण्डेले भने।

यस्तै, उपाध्यक्ष जगन्नाथ खतिवडाले पनि पार्टी एकता अहिलेको आवश्यकता रहेको बताए। 

प्रकाशित मिति: १६:०५ बजे, बिहीबार, कात्तिक १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्