Kathmandu Press

भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको निधन

भैरहवाको एक कार्यक्रममा भाषण गर्दागर्दै ढलेका गौतमलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो।
भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको निधन

बुटबल, कात्तिक १३ : नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको बिहीबार निधन भएको छ। 

भैरहवाको एक कार्यक्रममा भाषण गर्दागर्दै ढलेका गौतमलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो। 

एमाले निकट मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्ष रहेका गौतमले भैरहवास्थित विद्युत् प्राधिकरणको कार्यालय अगाडि ट्रंकलाइन विवादमा भाषण गरिरहेका बेला एक्कासी ढलेका थिए। 

उद्योगहरूमा विद्युत् लाइन काटिएको विरोध कार्यक्रममा उद्योगी र मजदुरले गरेको विरोध प्रदर्शनमा भाषण गर्दागर्दै बेहोस भएर ढलेका थिए।

त्यसपछि उनलाई मणिग्रामस्थित क्रिमसन अस्पताल पु¥याइएको थियो । अस्पताल पुर्याउनेवित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए। 

 

प्रकाशित मिति: १४:५० बजे, बिहीबार, कात्तिक १३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्