Kathmandu Press

‘कसैको दबाब वा प्रभावमा गृहमन्त्रीलाई हटाइँदैन’

‘कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्मानीय प्रधानमन्त्रीज्यूको अधिकार क्षेत्रको विषय हो। कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन पनि सक्दैन,’ प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ। 
‘कसैको दबाब वा प्रभावमा गृहमन्त्रीलाई हटाइँदैन’

काठमाडौं, कात्तिक १३ : कसैको दबाब वा प्रभावमा गृहमन्त्री ओम प्रकाश अर्याललाई नहटाइने प्रधानमन्त्रीको सचिवालयले स्पष्ट पारेको छ। 

गृहमन्त्री अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले प्रधानमन्त्रीलाई दबाब दिएको समाचार भएपछि प्रधानमन्त्रीको सचिवालयले कसैको दबाब वा प्रभावमा निर्णय नहुने स्पष्ट पारेको हो। 

Hardik ivf

‘कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्मानीय प्रधानमन्त्रीज्यूको अधिकार क्षेत्रको विषय हो। कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन पनि सक्दैन,’ प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ। 

गृहमन्त्री अर्याल असामान्य परिस्थितिमा राष्ट्रको गम्भीर जिम्मेवारी वहन गर्दै आगामी निर्वाचनका लागि आवश्यक वातावरण निर्माण गर्ने, शान्ति–सुरक्षा कायम राख्ने र सुरक्षा निकायहरूको मनोबल उच्च राख्ने कार्यमा सक्रिय रहेको जनाइएको छ। 

यस्तै, विज्ञप्तिमा संवेदनशील परिस्थितिमा अफवाह नफैलाउन र नपत्याउन पनि उनले सम्बन्धित सबै पक्षलाई अनुरोध गरिएको छ। 
 
प्रकाशित मिति: ११:१३ बजे, बिहीबार, कात्तिक १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्