कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनपछि विकसित राजनीतिक अवस्था र पार्टीको भूमिकाका विषयमा केन्द्रीत रहेर बैठक बस्ने जनाइएको छ ।
काठमाडौं, कात्तिक १३ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज (बिहीबार) बस्दैछ । बैठक आज दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बस्ने छ ।
गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनपछि विकसित राजनीतिक अवस्था र पार्टीको भूमिकाका विषयमा केन्द्रीत रहेर बैठक बस्ने जनाइएको छ ।
साथै बैठकमा पार्टीको १५औँ महाधिवेशनका विषयमा केन्द्रीत रहेर छलफल हुँदैछ ।
प्रकाशित मिति: ०८:११ बजे, बिहीबार, कात्तिक १३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार