Kathmandu Press

बालुवाटार भित्र जेन–जीसहित त्रिपक्षीय बैठक, बाहिर नाराबाजी 

बालुवाटारमा जेनजी प्रतिनिधि, सरकार र दलबीच छलफल चलिरहँदा बाहिर भने जेनजीका घाइतेहरुले नाराबाजी गरिरहेका छन्।
बालुवाटार भित्र जेन–जीसहित त्रिपक्षीय बैठक, बाहिर नाराबाजी 

काठमाडौं, कात्तिक १२ : चुनावको वातावरण बनाउन अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको आव्हानमा बुधबार बालुवाटारमा त्रिपक्षीय बैठक बसेको छ। 

प्रधानमन्त्री कार्कीसहित सरकारका मन्त्री, राजनीति दलका नेता र जेनजी प्रतिनिधिबीच बालुवाटारमा बैठक जारी छ। छलफलमा जेनजीका तर्फबाट १३ जना, राजनीतिक दलका तर्फबाट १६ जना र प्रधानमन्त्री सुशीला कार्कीसहित २ जना मन्त्री सहभागी छन्। 

Hardik ivf

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार निर्वाचनको माहोल तयार गर्न पहिलोपटक सरकार, राजनीतिक दल र जेनजी पुस्ताबिच संयुक्त छलफल गरिएको हो। 

बालुवाटारमा जेनजी प्रतिनिधि, सरकार र दलबीच छलफल चलिरहँदा बाहिर भने जेनजीका घाइतेहरुले नाराबाजी गरिरहेका छन्। घाइतेहरूको एकीकृत समूह बताउने जेनजीले नाराबाजी गरेहेका हुन्। 

छलफलमा घाइतेको प्रतिनिधि नभएको भन्दै उनीहरुले असन्तुष्टी जनाएका हुन्। घाइतेको तर्फबाट पटकपटक माग राखे पनि सुनुवाई नगरी हेपिएको भनाई उनीहरुको छ। 

यसअघि पनि गत कात्तिक ४ गते सरकार र राजनीतिक दलका नेताबीच छलफल भएको थियो । सरकारले फागुन २१ का लागि निर्वाचन तय गरिसकेको छ। 

प्रकाशित मिति: १८:२४ बजे, बुधबार, कात्तिक १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्