Kathmandu Press

राष्ट्रपति पौडेल कात्तिक १७ गते कतार भ्रमणमा जाने 

राष्ट्रपति पौडेलसहितको टोलीले कात्तिक १७ गते २० गतेसम्म कतारको औपचारिक भ्रमण गर्ने भएको हो। 
राष्ट्रपति पौडेल कात्तिक १७ गते कतार भ्रमणमा जाने 

काठमाडौं, कात्तिक १२ : राष्ट्रपति रामचन्द्र पौडेलले कात्तिक १७ गतेदेखि २० गतेसम्म कतार भ्रमण गर्नेभएका छन्। 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको कतार भ्रमण स्वकृत गर्ने निर्णय गरेको छ। राष्ट्रपति पौडेलसहितको टोलीले कात्तिक १७ गते २० गतेसम्म कतारको औपचारिक भ्रमण गर्ने भएको हो। 

राष्ट्रपति पौडेल ‘सेकेन्ड वल्र्ड समिट फर सोसल डेभलेपमेन्ट’ विषय कार्यक्रममा सहभागी हुनका लागि कतार भ्रमणमा प्रस्थान गर्न लागेका हुन्। 

‘कतारको दोहामा आयोजना हुने सेकेन्ड वल्र्ड समिट फर सोसल डेभलेपमेन्ट विषय कार्यक्रमम सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा कात्तिक १७ देखि २० गतेसम्म हुने औपचारिक भ्रमण स्वीकृत गर्ने निर्णय भएको छ,’ मन्त्री खरेलले भने।

प्रकाशित मिति: १५:५५ बजे, बुधबार, कात्तिक १२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्