Kathmandu Press

राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने मन्त्रिपरिषदको निर्णय

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदिश खरेलले बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिएका छन्।
राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, कात्तिक १२ : सरकारले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि माघ ११ गते आइतबारका लागि मिति तोक्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदिश खरेलले बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिएका छन्।

२०७६ सालको चुनावबाट निर्वाचित भएकम १९ जना सदस्यको कार्यकाल आगामी फागुनबाट सकिँदैछ। 

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन अनुसार पद रिक्त हुनु भन्दा ३५ दिन अगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ। 

आगामी फागुन २० गतेबाट राष्ट्रिय सभा सदस्यको पदावधि सकिँदैछ । कानुनतः पदावधि सकिनु ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने हुन्छ। 

प्रकाशित मिति: १५:४० बजे, बुधबार, कात्तिक १२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्