आफ्ना मागप्रति आयोगले ऐक्यबद्धता जनाएको प्रसाईंको दाबी
प्रसाईंले आन्दालन गर्ने बताइरहेका बेला गत चैत १५ गते भएको राजावादी आन्दोलन र भदौ २३ र २४ को जेनजी आन्दोलन हिंसात्मक बनेको सन्दर्भमा आयोगले सजगताका लागि व्यवसायी प्रसाईंलाई डाकेर बुधबार छलफल गरेको थियो।-(38)-1761727003.jpg)
काठमाडौं, कात्तिक १२ : व्यवसायी दुर्गा प्रसाईंले राष्ट्रिय मानव अधिकार आयोगले आफ्ना मागप्रति ऐक्यबद्धता जनाएको दाबी गरेका छन्। आयोगले प्रसाईसँग बुधबार बोलाएर छलफल गरेको थियो।
प्रसाईंले आन्दालन गर्ने बताइरहेका बेला गत चैत १५ गते भएको राजावादी आन्दोलन र भदौ २३ र २४ को जेनजी आन्दोलन हिंसात्मक बनेको सन्दर्भमा आयोगले सजगताका लागि व्यवसायी प्रसाईंलाई डाकेर बुधबार छलफल गरेको थियो।
प्रसाईंसँगको छलफलमा आयोगका अध्यक्ष तप बहादुर मगर, सचिव मुरारी प्रसाद खरेलसहितका पदाधिकारी समेत सहभागी रहेको जनाइएको छ।
आयोगले चैत १५ र भदौ २३–२४ को आन्दोलनमा ठूलो धनजनको क्षती पुगेको भन्दै त्यस्तोल अवस्था आउन नदिन सावधानीका लागि सम्बद्ध पक्षसँग छलफल गर्दै आएको छ । छलफलकाक्रममा व्यवसायी प्रसाईंले आफ्नो समूहले आह्वान गर्ने आन्दोलन हिंसात्मक नहुने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।
छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईंले आयोगले आफूले उठाउँदै आएका मागमा ऐक्यबद्धता जनाएको दाबी गरे।
आयोगले वैदेशिक रोजगारीमा जाँदा मृत्युवरण गर्नुपर्ने, लघुवित्तको मानसिक यातनाले आत्महत्या गर्नुपर्ने जस्ता मानवअधिकारको विषय हो कि होइन भन्ने सन्दर्भमा आयोगले त्यसमा ऐक्यबद्धता जनाएको प्रसाईंल बताए।
उनले आगामी मंसिर ७ गतेदेखि देशै ठप्प पार्ने गरी आन्दोलन थालिने समेत बताए। उनले त्यसलाई व्यवस्था बदल्ने आन्दोलन भनेका छन्।
प्रसाईंले भने, ‘यो व्यवस्था परिवर्तन गरौं, यो अवस्था परिवर्तन गरौं भनेर हामीले मंसिर ७ गतेलाई आन्दोलनको तयारी गरेका छौं ।’
आन्दोलनका दौरान संकट आउन सक्ने बताउँदै त्यसअघि नै दैनिक उपभोग्य वस्तुको जोहो गर्न पनि आग्रह गरे । यता, आयोगले भने कसैले उठाएको मागमा समर्थन गर्ने र ऐक्यबद्धता जनाउने कुरा नहुने बताएको छ । यसैविच आयोगले सुरक्षा निकायसँग पनि छलफल गर्ने तयारी गरेको छ ।












