Kathmandu Press

जेन–जी आन्दोलनको दमन अनुसन्धान गर्न संवैधानिक इजलासबाट आदेशको माग 

जेन–जी आन्दोलनमा भएको दमनमाथि कारबाही गरी राष्ट्रपतिले असंवैधानिक रूपमा गरेका निर्णयहरू बदर हुनुपर्ने माग राखेर सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले दिएको रिटमा वरिष्ठ अधिवक्ता भण्डारीले बहस गरेका हुन्। 
जेन–जी आन्दोलनको दमन अनुसन्धान गर्न संवैधानिक इजलासबाट आदेशको माग 

काठमाडौं, कात्तिक १२ : प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा वहश गर्दै वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले जेन–जी आन्दोलनमा भएको दमनको तत्काल अनुसन्धान गरी संलग्नहरूमाथि फौजदारी कारबाही अघि बढाउन माग गरेका छन्।

जेन–जी आन्दोलनमा भएको दमनमाथि कारबाही गरी राष्ट्रपतिले असंवैधानिक रूपमा गरेका निर्णयहरू बदर हुनुपर्ने माग राखेर सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले दिएको रिटमा वरिष्ठ अधिवक्ता भण्डारीले बहस गरेका हुन्। 

बहसमा भण्डारीले भदौ २३ को घटना मानवता विरुद्धको अपराध रहेकोसमेत दाबी गरे। भण्डारीले भदौ २३ को घटनाका दोषीलाई नियमित फौजदारी कानुन अनुसार कारबाही हुनुपर्ने जिरिक भण्डारीको छ। 

संवैधानिक इजलासमा भएको सुनुवाईमा भण्डारीले भदौ २३ को आन्दोलनमा बल प्रयोग गर्न आदेश दिने प्रधानमन्त्री, गृहमन्त्री, प्रहरी महानिरीक्षक, प्रमुख जिल्ला अधिकारी एवं काठमाडौंका प्रहरी प्रमुख लगायतमाथि कारबाहीका लागि आन्तरिम आदेश जारी हुनुपर्ने मागदाबी गरे । संवैधानिक इजलासबाट तत्काल अन्तरिम आदेश जारी गरी अनुसन्धान शुरु गर्नुपर्ने माग वरिष्ठ अधिवक्ता भण्डारीको छ। 

उनले भदौ २४ गतेको तोडफोड र आगजनीमा संलग्नहरुलाई पनि तत्काल अनुसन्धानको दायरामा ल्याएर कारबाही हुनुपर्ने बताए। 

‘कसैले जाँचबुझ आयोगको प्रतिवेदनपछि मात्रै यस्ता अनुसन्धान अघि बढ्ने तर्क गरेका छन् । त्यो उचित होइन । तत्काल अनुसन्धान प्रक्रिया अघि बढाउन अदालतले अन्तरिम आदेश दिनुपर्छ,’ बहसमा उनले भने । 

प्रकाशित मिति: १६:०२ बजे, बुधबार, कात्तिक १२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्