जेनजीसँग वार्ता मिलाउँदा मिलाउँदै प्रधानमन्त्रीको टाइमपास भइरहेको छ : दुर्गा प्रसाईं
‘बालेन साहले अहिले दुर्गा प्रसाईलाई खेद्दै हुनुहुन्छ, पक्राउ गर्नुपर्यो भन्दै हुनुहुन्छ। यो बालेनको मात्र देश हो? हाम्रो होइन्? जे पनि राम्रो कुरा बालेनले घरबाट ल्याएर बनाएको भन्ने खालको नारा फिजाउँदै हिँडेका छन्। बालेन पनि एकदिन मेरो घरमा आउनुपर्छ मलाई जोगाइदिनुहोस् भनेर,’ उनले भने।-(38)-1761727003.jpg)
काठमाडौं, कात्तिक १२ : मेडिकल व्यवसायी दुर्गा प्रसाईँले वर्तमान प्रधानमन्त्री शुसिला कार्कीले जेनजीहरुसँगको वार्तामा पूरै समय खेरा फालिरहेको टिप्प्णी गरेका छन्।
बुधबार मानव अधिकार आयोगका अध्यक्षसँगको वार्तापछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले पाँच हजार जेनजीहरु अहिले मन्त्रीबन्ने लाइनमा रहेको भन्दै जेनजीसँग वार्ता मिलाउँदा मिलाउँदै प्रधानमन्त्रीको टाईमपास भइरहेको बताए।
‘अहिलेको सरकारको हालत के छ थाहा छ। पाँच हजार जेनजीहरु अहिले मन्त्री बन्न लाइनमा छन्। जेनजीसँग वार्ता मिलाउँदा मिलाउँदै अहिले प्रधानमन्त्रीको टाईमपास भइरहेको छ। बसेर उठ्न नसक्ने हालत प्रधानमन्त्रीको छ,’ उनले भने।
त्यस्तै उनले बालेन साहले अहिले दुर्गा प्रसाईलाई पक्राउ गर्नुपर्छ भन्दै हिडेको भन्दै एकदिन जोगाइदिनुपर्यो भनेर बालेन आफ्नो शरणमा आउने दाबी गरे।
‘बालेन साहले अहिले दुर्गा प्रसाईलाई खेद्दै हुनुहुन्छ, पक्राउ गर्नुपर्यो भन्दै हुनुहुन्छ। यो बालेनको मात्र देश हो? हाम्रो होइन्? जे पनि राम्रो कुरा बालेनले घरबाट ल्याएर बनाएको भन्ने खालको नारा फिजाउँदै हिँडेका छन्। बालेन पनि एकदिन मेरो घरमा आउनुपर्छ मलाई जोगाइदिनुहोस् भनेर,’ उनले भने।
त्यस्तै, उनले आगामि मंसिर ७ गतेदेखि हुने व्यवस्था परिवर्तनको आन्दोलनमा कुनै किसिमको अराजक गतिविधि नहुने पनि जानकारी दिए।









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

