Kathmandu Press

संवैधानिक इजलासमा संसद विघटनविरूद्धको मुद्दामा सुनुवाइ सुरू, बहसकर्तालाई ५ मिनेट समय

सुनुवाइका लागि वरिष्ठतमका आधारमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्मा रहेको संवैधानिक इजलास गठन गरिएको छ। 
संवैधानिक इजलासमा संसद विघटनविरूद्धको मुद्दामा सुनुवाइ सुरू, बहसकर्तालाई ५ मिनेट समय

काठमाडौं, कात्तिक १२ : प्रतिनिधि सभा विघटन विरूद्धको मुद्दामा सुनुवाइ सुरू भएको छ।

सर्वोच्च अदालतको एनेक्स भवनमा इजलास तयार गरी बुधबारदेखि प्रतिनिधि सभा विघटन विरूद्धका रिटमा संवैधानिक इजलासमा सुनुवाइ सुरू भएको हो। 

सुनुवाइका लागि वरिष्ठतमका आधारमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्मा रहेको संवैधानिक इजलास गठन गरिएको छ। 

रिटमा बहसकर्तालाई समान ५ मिनेट समय दिइने छुट्याइएको छ। रिट निवेदकको पक्षबाट प्रेमराज सिलवालले बहस सुरू गरेका छन्। पक्षबाट टिकाराम भट्टराईलगायतले पनि सुरुआती बहस गर्ने छन्।

बहस सुरू हुन लाग्दा प्रधानन्यायाधीश राउतले विषयमा टेकेर बहस गर्न अनुरोध गरेका थिए। 

प्रकाशित मिति: १२:०० बजे, बुधबार, कात्तिक १२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्