Kathmandu Press

राष्ट्रियसभाका सचिव डा.अर्यालले दिए राजीनामा

सचिव अर्यालले आजैदेखि लागू हुने गरी राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
राष्ट्रियसभाका सचिव डा.अर्यालले दिए राजीनामा

काठमाडौं, कात्तिक ११ : राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिएका छन्।

सचिव अर्यालले आजैदेखि लागू हुने गरी राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

Hardik ivf

‘सेवा र शर्त सुविधा सम्बन्धी ऐन, २०७५को दफा ६ को खण्ड (क) बमोजिम मिति २०८२–०७र११ गतेदेखि लागू हुनेगरी स्वीकृत हुन आफ्नो पदबाट लिखित राजीनामा दिनु भएको छ,’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

उनी २०८० वैशाख २१ गते राष्ट्रियसभाको सचिवमा नियुक्त भएका थिए ।

प्रकाशित मिति: १७:०५ बजे, मंगलबार, कात्तिक ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्