माइक्रो बस दुर्घटनामा एक जनाको मृत्यु, १३ जना घाइते
दुर्घटनामा चितवनको भरतपुर महानगरपालिका–१६ निवासी ५५ वर्षीया बुधमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी टाउकामा गम्भीर चोट लागेकी उनको उपचारका क्रममा आँबुखैरेनी अस्पतालमा मृत्यु हो।
तनहुँ, कात्तिक ११ : पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा आज माइक्रो बस दुर्घटनाका एक घाइतेको मृत्यु भएको छ ।
दुर्घटनामा चितवनको भरतपुर महानगरपालिका–१६ निवासी ५५ वर्षीया बुधमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी टाउकामा गम्भीर चोट लागेकी उनको उपचारका क्रममा आँबुखैरेनी अस्पतालमा मृत्यु हो।
चितवनबाट लमजुङतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ज ०९३७ नम्बरको माइक्रो बसमा १४ जना सवार थिए। अनियन्त्रित भएको माइक्रो सडक छेउको भित्तामा ठोक्किएर सडक छेउमा रोकिएको नेपाल विद्युत् प्राधिकरणको बा१ञ १२८७ नम्बरको गाडीमा ठोक्किएको थिाये।
दुर्घटनामा परी १३ जना घाइते भएका छन्। जसमा माइक्रो चालक लमजुङ बेँसीशहर नगरपालिका–८ बस्ने ४२ वर्षीय ईश्वरकुमार श्रेष्ठ, चितवन भरतपुर महानगरपालिका–१६ बस्ने ४५ वर्षीया शान्तामाया तामाङ, सोही स्थान निवासी ३७ वर्षीय डोलराज तामाङ, सोही नगरपालिका–२८ लोखरी बस्ने ४८ वर्षीय कमई तामाङ, ४२ वर्षीय गङ्गाबहादुर तामाङ, ४२ वर्षीया होमकुमारी तामाङ, १५ वर्षीया रश्मी तामाङ, ४१ वर्षीया गममाया तामाङ, ३० वर्षीया मङ्गली तामाङ र निजकी छोरी ५ वर्षीया सिर्जना तामाङ घाइते भएका छन्।
त्यसैगरी जिल्ला लमजुङ दोर्दी गाउँपालिका–४ बस्ने २० वर्षीया गङ्गा तामाङ, सोही गाउँपालिका–८ बस्ने ६३ वर्षीया मैतीमाया तामाङ र जिल्ला नवलपरासी पूर्व देवचुली नगरपालिका–१७ बस्ने ४७ वर्षीया इन्द्रकुमारी तामाङ घाइते भएका छन्।
सबै घाइतेको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।












