Kathmandu Press

सिन्धुलीमा कार दुर्घटना हुँदा विराटनगरका एक जनाको मृत्यु, दुई घाइते

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब ४२ फिट तल खस्दा विराटनगर उपमहानगरपालिका–१७ का ६५ वर्षीय ओमबहादुर अर्जेलको मृत्यु भएको हो।
सिन्धुलीमा कार दुर्घटना हुँदा विराटनगरका एक जनाको मृत्यु, दुई घाइते

रामेछाप, कात्तिक ११ : विपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–६ चैनपुरमा मंगलबार बिहान सडकबाट कार खस्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब ४२ फिट तल खस्दा विराटनगर उपमहानगरपालिका–१७ का ६५ वर्षीय ओमबहादुर अर्जेलको मृत्यु भएको हो।

Hardik ivf

दुर्घटनामा ओमबहादुरकी ४९ वर्षीया पत्नी सुनिता अर्जेल र ३१ वर्षीय छोरा निशान्त अर्जेल घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उद्धार गरी आत्मीय सामुदायिक अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।

उपचारका क्रममा चालकसमेत रहेका ओमबहादुरको मृत्यु भएको र उनकी पत्नीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। छोरा निशान्तको अवस्था मध्यम रहेकाले थप उपचारका लागि धुलिखेल अस्पतालमा रिफर गरिएको छ।

प्रहरीका अनुसार दुर्घटना बिहान करिब ८ बजे भएको हो। कार तीव्र गतिमा रहेको र मोडमा नियन्त्रण गुमाउँदा सडकबाट तल खसेको प्रारम्भिक अनुमान गरिएको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय सुनकोसीको टोली खटिएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
 
प्रकाशित मिति: १४:४२ बजे, मंगलबार, कात्तिक ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्