Kathmandu Press

एमाले सचिवालय बैठक शनिबार बस्ने

सचिवालय बैठकबाट महाधिवेशनका बारेमा विभिन्न निर्णय गर्ने तयारी छ। सो बैठकले महाधिवेशन प्रतिनिधि छनोट र विधि महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन, स्थानीय आयोजकसँग समन्वय आदिका बारेमा निर्णय गर्ने बताइएको छ। 
एमाले सचिवालय बैठक शनिबार बस्ने
फाइल तस्बिर।

काठमाडौं, कात्तिक ११ : नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक कात्तिक १५ गते शनिबार बस्ने भएको छ। 

बैठकले ११औं महाधिवेशनको तयारीका सम्बन्धित विभिन्न निर्णय गर्ने बताइएको छ।

Hardik ivf

गत असोज २९ देखि असोज ३१ गतेसम्म भएको एमालेको १०औं केन्द्रीय कमिटी बैठकले ११औं महाधिवेशन आगामी मङ्सिर २७ देखि मंसिर २९ गतेसम्म पोखरामा गर्ने निर्णय गरेको थियो। 

पार्टीको केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार सचिवालय बैठकबाट महाधिवेशनका बारेमा विभिन्न निर्णय गर्ने तयारी छ। सो बैठकले महाधिवेशन प्रतिनिधि छनोट र विधि महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन, स्थानीय आयोजकसँग समन्वय आदिका बारेमा निर्णय गर्ने बताइएको छ। 

बैठकले महाधिवेशन तयारीको पूर्ण खाका सार्वजनिक गर्नेछ। बैठकले महाधिवेशनको लोगो र नाराका विषयमा पनि छलफल गर्ने छ। 

प्रकाशित मिति: १२:५१ बजे, मंगलबार, कात्तिक ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्