Kathmandu Press

वामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन दाहालको अपिल

उनले देशमा देखिएका जटिलता तथा जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि देखापरेका चुनौती हल गर्न माओवादी धारासहितका बामपन्थीहरूलाई एकताबद्ध हुन अपिल गरेका हुन्। 
वामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन दाहालको अपिल

काठमाडौं, कात्तिक ११ : नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले सबै माओवादी धारासहितका बामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन अपिल गरेका छन्। 

मंगलबार सामाजिक सञ्जाल मार्फत उनले देशमा देखिएका जटिलता तथा जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि देखापरेका चुनौती हल गर्न माओवादी धारासहितका बामपन्थीहरूलाई एकताबद्ध हुन अपिल गरेका हुन्। 

‘यस सत्यलाई आत्मसात् गर्दै, म देशका सबै माओवादी धारासहितका बामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन हार्दिक अपिल गर्दछु,’ उनले लेखेका छन्। 

देशभक्त, प्रगतिशील, वामपन्थी शक्तिहरुबीच राष्ट्रिय सहकार्य अपरिहार्य रहेको भन्दै उनले थप लेखेका छन्, ‘राष्ट्रले भोगिरहेका समस्या र संकटहरूको समाधान अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध संगठन र इमान्दार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव छ। यस सन्दर्भमा देशभक्त, प्रगतिशील, वामपन्थी शक्तिहरुबीच संगठनात्मक ध्रुवीकरण तथा लोकतान्त्रिक शक्तिहरूबीच राष्ट्रिय सहकार्य अपरिहार्य बनेको छ।’
 

प्रकाशित मिति: १२:२४ बजे, मंगलबार, कात्तिक ११, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्