Kathmandu Press

जनताको अधिकारको रक्षाका लागि कांग्रेस बृहत एकतासहित अघि बढ्छ : कार्यवाहक सभापति खड्का

उनले तरुण दलको झण्डा बोकेर लोकतन्त्र र जनताको अधिकारको रक्षाको लागि एकपटक फेरि संगठित र एकताबद्ध हुनुपर्ने भन्दै नेपाली काङ्ग्रेस एउटा नयाँ संकल्प, उत्साहा र उर्जासहित अगाडि बढ्नको लागि तयार रहेको बताए। 
जनताको अधिकारको रक्षाका लागि कांग्रेस बृहत एकतासहित अघि बढ्छ : कार्यवाहक सभापति खड्का

काठमाडौं, कात्तिक १० : नेपाली काङ्ग्रेसका कार्यवहाक सभापति पूर्ण बहादुर खड्काले नेपाली कांग्रेस संविधान, परिवर्तन र जनताको अधिकारको रक्षाको लागि बृहत एकतासहित अगाडि बढ्ने बताएका छन्। 

सोमबार काठमाडौंमा आयोजित नेपाल तरुण दलको ७३ औं स्थापना दिवसको शुभकामना आदानप्रसाद कार्यक्रममा बोल्दै उनले विगतको इतिहासको कालखण्ड जस्तै जनताले फेरि नेपाली काङ्ग्रेसबाट अपेक्षा र आशा गरेको भन्दै कमि कमजोरीहरुलाई स्वीकार गर्दै संविधान र जनताको अधिकारको रक्षाको लागि बृहत एकतासहित अगाडि बढ्ने बताए। 

Hardik ivf

‘विगतको इतिहासको कालखण्ड जस्तै फेरि नेपाली काङ्ग्रेसबाट अपेक्षा र आशा गरेको छ। त्यसकारण हाम्रा विगतमा भएका कमि कमजोरीहरुलाई स्वीकार गर्दै नेपाली काङ्ग्रेस संविधानको रक्षा, परिवर्तनको रक्षा र जनताको अधिकारको रक्षाको लागि बृहत एकतासहित हामी अगाडि बढ्छौं,’ उनले भने।

यस्तै, उनले तरुण दलको झण्डा बोकेर लोकतन्त्र र जनताको अधिकारको रक्षाको लागि एकपटक फेरि संगठित र एकताबद्ध हुनुपर्ने भन्दै नेपाली काङ्ग्रेस एउटा नयाँ संकल्प, उत्साहा र उर्जासहित अगाडि बढ्नको लागि तयार रहेको बताए। 

‘तरुण दलको झण्डा बोकेर मुलुकको रक्षा, लोकतन्त्र र जनताको अधिकारको रक्षाको लागि हामी एकपटक फेरि संगठित र एकताबद्ध भएर देशभरका तरुणहरुलाई आह्वान गर्दै तयार हुन्छौं र एउटा नयाँ संकल्प, उत्साहा र उर्जासहित हामी अगाडि बढ्नको लागि तयार छांै भन्ने सन्देश पनि देशभरका तरुणहरुले दिन जरुरी छ,’ उनले भने।

भदौ २३ र २४ गतेको घटनाले देशलाई प्रतिकूल अवस्थामा पु¥याएको पनि उनको भनाई छ।  

‘भदौ २३ गते तीन वटा माग राखेर जेनजी युवाहरुले सुरु गरेको शान्तिपूर्ण आन्दोलनमा धेरै युवाहरुले ज्यान गुमाउनु पर्यो,’ उनले भने, ‘२४ गते देशैभर ठूलो भौतिक र मानविय क्षति भयो, नेपालको इतिहासमा पहिलो पटक देशको कार्यपालिका माथि आक्रमण भयो र ध्वस्त बनाइयो। त्यो घटनाले देशलाई प्रतिकूल अवस्थामा पु¥याएको छ।’

प्रकाशित मिति: १७:३५ बजे, सोमबार, कात्तिक १०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्