Kathmandu Press

उद्घटन वा शिलन्यासमा नबोलाउन शिक्षामन्त्री पुनको आग्रह

‘कृपया कसैले पनि र कहिंबाट पनि हालको म मन्त्रीलाई उद्घाटन/शिलन्यास कार्यक्रम, प्रमुख अतिथी हुने जस्ता कुनै पनि औपचारिक कार्यक्रमहरुमा निमन्त्रणा गर्दै नगर्नुहोला,’ मन्त्री पुनले सामाजिक सञ्जालमा लेखेका छन्।
उद्घटन वा शिलन्यासमा नबोलाउन शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं, कात्तिक १० : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई कुनै पनि औपचारिक कार्यक्रमहरूमा नबोलाउन आग्रह गरेका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् मन्त्री पुनले खासगरी उद्घाटन र शिलान्यास कार्यक्रमका लागि प्रमुख अतिथिको रूपमा निम्तो नपठाउन आग्रह गरेका हुन्।

Hardik ivf

‘कृपया कसैले पनि र कहिंबाट पनि हालको म मन्त्रीलाई उद्घाटन/शिलन्यास कार्यक्रम, प्रमुख अतिथी हुने जस्ता कुनै पनि औपचारिक कार्यक्रमहरुमा निमन्त्रणा गर्दै नगर्नुहोला,’ मन्त्री पुनले सामाजिक सञ्जालमा लेखेका छन्।

मन्त्री पुनले आफू युनेस्को महासभाको उज्बेकिस्तानमा आयोजना हुने साधारण सभा र ब्रिटिश काउन्सीलले नाइजेरियामा आयोजना गरेको कन्फ्रेन्समा समेत नजाने जानकारी दिएका छन्।  

‘जानै पर्ने र नगई नहुने मिटीङहरुमा मात्र केही मन्त्रीज्यूहरु बिदेश जानु भएको हो। विदेश घुम्यो भनेर हल्ला नगर्नुहोला,’ उनले भनेका छन्।
 
प्रकाशित मिति: १२:२३ बजे, सोमबार, कात्तिक १०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्