Kathmandu Press

नेहाको नयाँ रोमान्टिक गीतले मच्चायो धुम

काठमाडौं, जेठ ४ : नेहा कक्कड पुनः आफ्नो आवाजको जादुकासाथ देखापरेकी छिन्।

यसपटक उनले ‘भिगी भिगी’ बोलको रोमान्टिक गीत लिएर दर्शकमा....

नेहाको नयाँ रोमान्टिक गीतले मच्चायो धुम

काठमाडौं, जेठ ४ : नेहा कक्कड पुनः आफ्नो आवाजको जादुकासाथ देखापरेकी छिन्।

यसपटक उनले ‘भिगी भिगी’ बोलको रोमान्टिक गीत लिएर दर्शकमाझ आएकी छिन्। उनको भाइ टोनी कक्कड पनि देखिएको यो गीत केही दिनअघि रिलिज भएको थियो। रिलिजको सुरुआतदेखि नै ट्रेन्ड बनाएको यस गीतलाई धेरैले हेरेका छन्।

Hardik ivf

दिदीभाइले ल्याएको यो गीतमा टोनीले संगीत भरेका हुन्। यो गीत टोनी र प्रिंसले लेखेका हुन्। आइतबारसम्म युट्युबमा यो गीत एक कराेड ७६ लाखले हेरिसकेका छन्।

यस गीतको चर्चासँगै दुवै दिदीभाइसँगै सोनु कक्कड पनि टिभीमार्फत नयाँ सो ‘घर घर सिंगर’मा देखिने भएका छन्। यस सोमा प्रतिष्पर्धीहरुले आफ्नो घरबाटै अडिसन दिने पाउनेछन भने उनीहरुको दैनिकी पनि देख्न पाइनेछ।

यसबारे नेहाले भनेकी छन, ‘हामी हाम्रो लाइफस्टाइल देखाएर दर्शकलाई मनोरञ्जन गराउँछौं। अनि प्रतिष्पर्धीको जिन्दगी पनि संधैको लागि बदल्नेछौं।’

 

प्रकाशित मिति: १२:०० बजे, आइतबार, जेठ ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्