Kathmandu Press

सबै नेपालीबीच एकताको खाँचो अझ बढी छ : प्रधानमन्त्री कार्की 

छठ पर्वको अवसरमा जारी शुभकामना सन्देशमा प्रधानमन्त्री कार्कीले हालको अवस्थामा सबै नेपालीबीच अझ बढी एकता र सहकार्यको आवश्यकता रहेको उल्लेख गरेकी छन् ।
सबै नेपालीबीच एकताको खाँचो अझ बढी छ : प्रधानमन्त्री कार्की 

काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री सुशीला कार्कीले छठसहितका चाडपर्वहरूले नेपाली समाजमा सामाजिक एकता, सद्भाव र भ्रातृत्व सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएकी छन् ।

छठ पर्वको अवसरमा जारी शुभकामना सन्देशमा प्रधानमन्त्री कार्कीले हालको अवस्थामा सबै नेपालीबीच अझ बढी एकता र सहकार्यको आवश्यकता रहेको उल्लेख गरेकी छन् ।

Hardik ivf

उनले भनिन्, ‘छठसहित हाम्रा चाडपर्वहरू हाम्रो सामाजिक एकता, सद्भाव र भ्रातृत्वका मानक पनि हुन् । अहिलेको अवस्थामा हामी सबै नेपालीबीच अझै बढी एकता र सद्भावको खाँचो छ ।’ 

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्दै आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नुपर्ने दायित्व सरकारमाथि रहेको बताइन् ।

उनले सबै पक्षलाई परिस्थितिको संवेदनशीलता बुझी आ–आफ्नो जिम्मेवारी पूरा गर्दै निर्वाचन सफल बनाउन आग्रह गर्दै भनिन्, ‘पवित्र आस्था, कठिन व्रत र सिंगारिएका नदी तथा तलाउका किनारा र त्यहाँका उत्सवले दिने शक्तिले सबैमा सद्भाव र खुसीयाली छाओस् । आगामी निर्वाचनलाई पनि एक राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गरी त्यसमा सहभागी हुन र सफल बनाउन सबै पक्ष जुट्नुपर्छ ।’

प्रधानमन्त्रीले सडक प्रदर्शन मात्र सबै समस्याको समाधान नभएको उल्लेख गर्दै आफ्ना कुनै अडान वा असन्तुष्टि छन् भने पनि शान्तिपूर्ण तवरले राखी आमजनताको मन जितेर निर्वाचनबाट अनुमोदित गराउनु लोकतन्त्रको सर्वोत्तम विधि भएको बताएकी छन् ।
 

प्रकाशित मिति: ०८:२८ बजे, सोमबार, कात्तिक १०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्