पदभर ग्रहणपछि स्वास्थ्यमन्त्रीले भने– समय खेर फाल्ने पक्षमा छैन
‘विगतमा मन्त्रीहरूले काम गर्ने भन्दा बोलेर बस्दा मुलुक बिग्रियो, मैले काम गरेर मात्रै बोल्ने संकल्प लिएछु,’ उनले भने, ‘हामीलाई काम गर्न दिनुहोला । हामी के काम हुन्छ, त्यसलाई डेली प्रश्तुत गर्नेछौं।’-1761481812.jpg)
काठमाडौं, कात्तिक ९ : नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदभार ग्रहण गरेका छन्।
आज अपरान्ह राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको शपथ लिए लगत्तै उनले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहण गर्दै उनले मातहतका सबै निकायको बैठक लाइभ पहिलो निर्णयका गरेका छन्।
सो अवसरमा उनले आफू गफ गरेर समय खेर फाल्ने पक्षमा नरहेको बताए। आफू बोल्ने भन्दा पनि केही काम गरेर देखाउने पक्षमा रहेको उनको भनाई थियो।
‘विगतमा मन्त्रीहरूले काम गर्ने भन्दा बोलेर बस्दा मुलुक बिग्रियो, मैले काम गरेर मात्रै बोल्ने संकल्प लिएछु,’ उनले भने, ‘हामीलाई काम गर्न दिनुहोला । हामी के काम हुन्छ, त्यसलाई डेली प्रश्तुत गर्नेछौं।’
मन्त्रालयको टिमसँग बसेर छलफल गरेर मात्रै आफू अघि बढ्ने बताउँदै उनले आफूलाई समय दिन पनि आग्रह गरे।
प्रकाशित मिति: १८:१५ बजे, आइतबार, कात्तिक ९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार











