Kathmandu Press

स्वास्थ्यमन्त्री शर्माले गरिन् पदभार ग्रहण

मन्त्रालय पुगेर कार्यभार सम्हालेलगत्तै उनले जेनजी आन्दोलनबाट प्रभावित घाइतेलगायत सबै व्यक्तिका लागि मनोपरामर्श सेवा स्थापना गर्ने निर्णय गरेकी छिन्।
स्वास्थ्यमन्त्री शर्माले गरिन् पदभार ग्रहण

काठमाडौं, कात्तिक ९ : नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले पदभार ग्रहण गरेकी छिन्। 

आज अपरान्ह शीतल निवासमा शपथग्रहण गरेलगत्तै मन्त्रालय पुगेर कार्यभार सम्हालेकी हुन्।

Hardik ivf

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनी आजै स्वास्थ्य मन्त्री नियुक्त भएकी थिइन्।

मन्त्रालय पुगेर कार्यभार सम्हालेलगत्तै उनले जेनजी आन्दोलनबाट प्रभावित घाइतेलगायत सबै व्यक्तिका लागि मनोपरामर्श सेवा स्थापना गर्ने निर्णय गरेकी छिन्।

पदभार ग्रहणपछि कर्मचारीहरुसँगको छलफलमा उनले कुनै पनि स्तरमा कहीँ कतैबाट भ्रष्टाचार नगर्न र प्रशासनिक पारदर्शिता कायम राख्न निर्देशन दिइन्। 

मन्त्री डा. शर्माले मन्त्रालय अन्तर्गतका शाखा एवं विभागहरूबाट प्रवाह हुने सेवा नागरिकमैत्री बनाउन र सेवाप्रवाहका क्रममा नागरिकलाई नझुलाउन चेतावनी दिइन्। 

प्रकाशित मिति: १७:५० बजे, आइतबार, कात्तिक ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्