Kathmandu Press

जनताको भरोसा माओवादीमाथि छ : दाहाल

‘जेनजी आन्दोलनले उठाएका मुद्दा हामीले बिगत संविधानसभा चुनावदेखि नै उठाउँदै आएका हौँ। अब ती मुद्दा पूरा गर्न हाम्रो पहल र जोड हुनेछ,’ उनले भने।
जनताको भरोसा माओवादीमाथि छ : दाहाल

गोरखा, कात्तिक ९ : नेकपा माओवादी केन्द्र अध्यक्षका संयोजक पुष्पकमल दाहालले जनताको भरोसामा माओवादीमाथि रहेको बताएका छन्।

गोरखामा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशभर माओवादीप्रति जनविश्वास बढ्दै गएको दाबी गर्दै पार्टीको संगठन विस्तार तीव्र गतिमा अघि बढिरहेको बताए। 

Hardik ivf

दाहालले जेनजी पुस्ताले उठाएका विषयहरू माओवादी आन्दोलनकै निरन्तरता भएको बताउँदै ती मुद्दा पूरा गर्न पार्टी प्रतिबद्ध रहेको बताए।

‘जेनजी आन्दोलनले उठाएका मुद्दा हामीले बिगत संविधानसभा चुनावदेखि नै उठाउँदै आएका हौँ। अब ती मुद्दा पूरा गर्न हाम्रो पहल र जोड हुनेछ,’ उनले भने।

अन्तरिम सरकारबारे टिप्पणी गर्दै संयोजक दाहालले हालको सरकारलाई समर्थन जनाउने निर्णय संविधानसम्मत प्रक्रियामार्फत भएको उल्लेख गरे।

‘केपी ओलीको सिफारिसमा राष्ट्रपतिले बनाएको अन्तरिम सरकारप्रति हामीले समर्थन जनाएका थियौँ, तर हाम्रो मत संसदबाट अनुमोदन गरेर र संविधान संशोधन गरेर मात्र संसद विघटन गरौँ भन्ने थियो,’ उनले भने।

चुनाव नजिकिँदै गएपछि प्रचण्डले सबै राजनीतिक दललाई निर्वाचन तयारीमा जुट्न आग्रह गरे।

‘अब चुनाव घोषणा भइसकेको अवस्थामा चुनाव सफल पार्नु नै हाम्रो पहिलो कार्यभार हो। सरकारलाई निष्पक्ष निर्वाचनको वातावरण बनाउन आग्रह गर्दछु। चुनाव हुनेछ कि हुँदैन भन्ने होइन, अब चुनावमा लाग्नु बाहेक कुनै विकल्प छैन,’ उनले भने।
 

प्रकाशित मिति: १५:५६ बजे, आइतबार, कात्तिक ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्