आज डा. सुधा शर्मा र बब्लु गुप्ताले मात्र मन्त्रीको शपथ लिने
तेस्रो पटक मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी प्रधामन्त्री सुशीला कार्कीले राष्ट्रपति समक्षम ४ मन्त्रीको नाम सिफारिस गरेर आजै शपथ गराउने तयारी गरिकेकी थिइन्। तर, आज २ जना मन्त्रीको मात्र शपथ हुने भएको छ।
काठमाडौं, कात्तिक ९ : आज दुई मन्त्रीले मात्र शपथ लिने भएका छन्।
तेस्रो पटक मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी प्रधामन्त्री सुशीला कार्कीले राष्ट्रपति समक्षम ४ मन्त्रीको नाम सिफारिस गरेर आजै शपथ गराउने तयारी गरिकेकी थिइन्।
तर, आज २ जना मन्त्रीको मात्र शपथ हुने भएको छ। जसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सिफारिस डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्रीमा सिफारिस बब्लु गुप्ता छन्।
प्रधानमन्त्री कार्कीले गणपतिलाल श्रेष्ठलाई भूमि सुधार तथा व्यवस्था र खगेन्द्र सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा सिफारिस गरिएको थियो।
मन्त्रीमा सिफारिस भएपछि खगेन्द्रको नाममा विवाद भएको थियो। खगेन्द्रको नाममा तीन वटा मुद्दा अदालतमा रहेको खुलेपछि उनको शपथ रोकिएको हो।
यता, श्रेष्ठलाई भने सुरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय दिने तय थियो । तर, राष्ट्रपति समक्ष सिफारिस गर्दा भमू भूमि सुधार तथा व्यवस्थामा सिफारिस गरिएको थियो। त्यसपछि उनी सो मन्त्रालय लिने नलिने भन्नेमा छलफलमै छन्।











