Kathmandu Press

महाराजगञ्ज प्रहरी वृत्तका प्रहरीको हत्या अरोपमा थप ५ जना पक्राउ

प्रहरीले गोरखाका २१ वर्षीय सोमबहादुर गुरुङ, तनहुँका २१ वर्षीय राजीव गुरुङ, युनिक श्रेष्ठ, सर्लाहीका १७ वर्षीय सुमित तितुङ र रामेछापका १६ वर्षीय दीपक मगरलाई पक्राउ गरेको हो।
महाराजगञ्ज प्रहरी वृत्तका प्रहरीको हत्या अरोपमा थप ५ जना पक्राउ

काठमाडौं, कात्तिक ९ : जेनजी प्रदर्शनका क्रममा प्रहरी वृत्त महाराजगञ्जका दुई प्रहरीको हत्यामा संलग्न भएको अरोपमा ५ जना पक्राउ परेका छन्। 

प्रहरीले गोरखाका २१ वर्षीय सोमबहादुर गुरुङ, तनहुँका २१ वर्षीय राजीव गुरुङ, युनिक श्रेष्ठ, सर्लाहीका १७ वर्षीय सुमित तितुङ र रामेछापका १६ वर्षीय दीपक मगरलाई पक्राउ गरेको हो।

Hardik ivf

प्रहरीले उनीहरुविरुद्ध अनुसन्धान प्रक्रियाअघि बढाइएको छ। 

सोही हत्या अरोपमा प्रहरील यसअघि नै ४ जनालाई पक्राउ गरेको थियो। जसमा सिन्धुपाल्चोकका ६२ वर्षीय होमप्रसाद पौडेल, उदयपुरका २८ वर्षीय टिकाराम विक, काभ्रेका २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुरका २१ वर्षीय सोनाम तामाङ भन्ने बुद्धिलाल थिङ पक्राउ परेका थिए। उनीहरु सबैलाई अनुसन्धानका लागि कारागार चलान गरिएको छ। 

जेनजी पर्दशनका क्रममा भदौ २४ गते वृत्तका असई मिलन राय र जवान उत्तम थापाको हत्या भएको थियो।

प्रकाशित मिति: १४:१३ बजे, आइतबार, कात्तिक ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्