Kathmandu Press

दुर्गा प्रसाईं भन्छन्- कसैले देश बनाउने जिम्मा लिन्छ भने म देश छोड्न तयार छु

उनले नेपाल संकटमा रहेको भन्दै  देश जोगाउनु पर्छ भनेर लागेकाले यदि देश बचाउने जिम्मा अरु कसैले लिन्छ भने आफु देश छोड्न तयार रहेको बताएका हुन्।
दुर्गा प्रसाईं भन्छन्- कसैले देश बनाउने जिम्मा लिन्छ भने म देश छोड्न तयार छु

काठमाडौं, कात्तिक ९ : ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ मार्फत् राजसंस्था पुनस्र्थापनाको पक्षमा उभिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू देश छोडेर जान तयार भएको बताएका छन्। 

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले नेपाल संकटमा रहेको भन्दै  देश जोगाउनु पर्छ भनेर लागेकाले यदि देश बचाउने जिम्मा अरु कसैले लिन्छ भने आफु देश छोड्न तयार रहेको बताएका हुन्।

Hardik ivf

‘म कसैबाट चलेको मान्छे होइन्। म नेपालबाट नेपाली जोगाउन मैले आफुनो क्षमताले भ्याए सम्म मैले् पहिले पनि गरिरहेको थिए। मैले आज नेपाल संकटमा छ मैले जोगाउनु पर्छ भनेर म लागेको छु,’ उनले भने, ‘तपार्इंहरुले यो देश छोडेर जा भन्नु हुन्छ भने पनि म जान्छु। यो देश कसैले बनाउँछ भने म जान तयार छु । तर नेपाल बचाइदियोस्, विदेशबाट नेपालीलाई फर्काइदियोस्। फर्किने वातावरण बनोस्।’ 

आफू २०५७ सालदेखि नेकपा माओवादी हुँदै एमाले र अहिले यहाँसम्म आइपुगेको चर्चा गर्दै प्रसाईं जानेर वा नजानेर जेजे गरे पनि अब सुध्रिएर देश बनाउन लाग्नुपर्ने बताए।

‘ल हिजो जे भयो–भयो, आफैंले बाटो बिर्सियौं, सबैले भुल्यौं। अब त कमसेकम देश जोगाउँ, त्यो भुंग्रोमा गएको छ नि नेपाल, त्यसलाई उठाएर कमसेकम न्यानो ठाउँमा लैजाऔं,’ उनले भने, ‘मान्छेले न्यानोपन खोजेको छ। अब यसमा सुध्रिन पर्नेछ।’ 
 

प्रकाशित मिति: १३:११ बजे, आइतबार, कात्तिक ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्