Kathmandu Press

सुधा गौतम, गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता र खगेन्द्र सुनार मन्त्री बन्दै, आजै शपथको तयारी

तेस्रो पटक मन्त्रिरिषद विस्तारको रहेकी प्रधानमन्त्री कार्कीले चार जनाको नाम राष्ट्रपति कार्यालयमा पठाएकी छिन्। सिफारिसमा परेकाहरुमा डा.सुधा शर्मा, गणपतिलाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता छन्।
सुधा गौतम, गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता र खगेन्द्र सुनार मन्त्री बन्दै, आजै शपथको तयारी

काठमाडौं, कात्तिक ९ : प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छिन्। 

तेस्रो पटक मन्त्रिरिषद विस्तारको रहेकी प्रधानमन्त्री कार्कीले चार जनाको नाम राष्ट्रपति कार्यालयमा पठाएकी छिन्। सिफारिसमा परेकाहरुमा डा.सुधा शर्मा, गणपतिलाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता छन्।

डा. शर्मालाई स्वास्थ्य तथा जनसंख्या, श्रेष्ठलाई भूमि सुधार तथा व्यवस्था, गुप्तालाई युवा तथा खेलकुद तथा सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिने गरी राष्ट्रपति समक्ष सिफारिस गरिएको बताइएको छ।

राष्ट्रपतिले नियुक्ति गरेलगत्तै उनीहरूलाई आजै शपथ गराउने तयारी छ। शपत ग्रहण राष्ट्रपति भवन शीतल निवासमा २ः३० बजे गराउने तयारी छ। 

कार्की नेतृत्वको मन्त्रिपरिषदमा अहिले ७ जना मन्त्री छन्।

प्रकाशित मिति: ११:२१ बजे, आइतबार, कात्तिक ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्