Kathmandu Press

छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’

आजको दिन ब्रतालुहरूले नदी वा पोखरीमा स्नान गरी अरवा–अर्बाइन भोजन ग्रहण गर्ने परम्परा छ।
छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’

जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ।

चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्वको आज पहिलो दिन ‘नहाय–खाय’ विधि गरिन्छ। आजको दिन ब्रतालुहरूले नदी वा पोखरीमा स्नान गरी अरवा–अर्बाइन भोजन ग्रहण गर्ने परम्परा छ।

त्यस्तै भोली दोस्रो दिन खरना गरिनेछ। भोलि साँझ ब्रतालुहरूले चामल, सक्खर र दूधबाट खीर बनाएर प्रसादस्वरूप ग्रहण गरी खरना विधि गर्ने गरिन्छ। 

तेस्रो दिन सोमबार छठको मुख्य दिन सौझका अर्घ रहेको छ । यस दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा सामग्रीसहित जलाशय किनारमा अघ्र्य दिने चलन छ।

अन्तिम दिन मंगलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्वको विधिवत् समापन हुनेछ । अन्तिम दिनलाई ‘पारन’ भनिन्छ।

यस वर्ष छठ पर्वको मुख्य दिन सोमबार देशभर सार्वजनिक विदा रहेको छ भने त्यसको भोलिपल्ट पनि मधेश प्रदेश सरकारले प्रदेशभर विदा दिएको छ।

 

प्रकाशित मिति: १०:१६ बजे, शनिबार, कात्तिक ८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्