Kathmandu Press

रुकुम पश्चिमको बाफिकोटमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, १० जना घाइते

शुक्रबार साँझ रुकुम पश्चिमको सदरमुकाम मुसीकोट खलंगाबाट आठबिसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको जिप बाँफिकोट गाउँपालिकाको झारमारे लेकमा दुर्घटनामा परेको हो।
रुकुम पश्चिमको बाफिकोटमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, १० जना घाइते

सुर्खेत, कात्तिक ८ : रुकुम पश्चिमको बाँफिकोटमा जीप दुर्घटनामा  सात जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाईते भएका छन्। दुर्घटनामा पाँचको घटनास्थलमै र दुई जनाको उपचारकाक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्रबार साँझ रुकुम पश्चिमको सदरमुकाम मुसीकोट खलंगाबाट आठबिसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको जिप बाँफिकोट गाउँपालिकाको झारमारे लेकमा दुर्घटनामा परेको हो।

Hardik ivf

जीप दुर्घटनामा आठबिसकोट नगरपालिका–२ स्यालाका ३० वर्षीया कमला वली, १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीया दिलमाया बूढा, १७ वर्षीया मनिका वली, १८ वर्षीया शर्मिला विक, २२ वर्षीय गोपाल वली छन् भने एक जनाको पहिचान खुलेको छैन।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार दुर्घटनामा १० जना घाइते भएका छन्।

घाइते मध्ये जीप चालक टोपजंग बुढासहित ६ जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरुको उद्धार गरेर स्थानीय मेडिकलमा प्राथमिक उपचार पछि जिल्ला अस्पताल सल्ले ल्याईएको निरीक्षक पुनले जानकारी दिए।

प्रकाशित मिति: १०:१० बजे, शनिबार, कात्तिक ८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्