Kathmandu Press

कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, कात्तिक ८ : मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनैपनि मौसम प्रणालीको प्रभाव रहेको छैन।

महाशाखाका अनुसार, आज दिउँसो सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा मौसम सफा रहने छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

Hardik ivf

आज राति भने कोशी, बागमती र गण्डकीको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भने हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको छ।

 

प्रकाशित मिति: ०७:४३ बजे, शनिबार, कात्तिक ८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्