Kathmandu Press

छठ लगत्तै मुख्यमन्त्री सोनल विश्वासको मत लिने तयारीमा

छठ लगत्तै मुख्यमन्त्री सोनल विश्वासको मत लिने तयारीमा

रौतहट, कात्तिक ७ : मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तयारीमा जुटेका छन्।

मधेस प्रदेशको सत्ता गठबन्धनमा रहेका दलहरू बिच रौतहटको चन्द्रनिगाहपुरमा शुक्रबार भएको छलफलमा छठ पर्व सकिएलगत्तै  प्रदेशसभाबाट विश्वासको मत लिने तय भएको हो ।जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा र नेकपा (एकीकृत समाजवादी) लगायतका दलका नेतासंग विश्वासको मत र मधेश प्रदेश सरकार विस्तार लगायतका विषयमा छलफल भएको नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता युवराज भट्टराई (समिर)ले बताए। 

Hardik ivf

उनका अनुसार चाडपर्वका कारण मुख्यमन्त्री सोनललाई तत्काल विश्वासको मत लिने अवस्था नरहेको हो। हाल विश्वासको मत लिने प्रक्रिया केही दिन पछाडि धकेलिएको भए पनि, बाहिर हल्ला भएजस्तो सरकार विश्वासको मत लिन असमर्थ हुने अवस्था भने नरहेको उनको जिकिर छ।

उनी गत असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए।  

नेपालको संविधानअनुसार, मुख्यमन्त्रीले नियुक्तिपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ।मधेश प्रदेशसभामा कुल १०७ सदस्य छन् र सरकार बनाउन ५४ मत आवश्यक पर्छ।

 

प्रकाशित मिति: १९:१३ बजे, शुक्रबार, कात्तिक ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्