Kathmandu Press

नितु पौडेल आत्मदाह प्रकरणमा बाबुल गिरीविरूद्ध प्रहरीमा जाहेरी

गत शनिबार गायिका पौडेले अनामनगरस्थित गिरीको स्टुडियोमा आत्मदाह प्रयास गरेकी थिइन्।
नितु पौडेल आत्मदाह प्रकरणमा बाबुल गिरीविरूद्ध प्रहरीमा जाहेरी

काठमाडौं, कात्तिक ७ : गायक तथा संगितकार बाबुल गिरीविरुद्ध गायिका नितु पौडेलको परिवारले शुक्रबार प्रहरीमा जाहेरी दिएको छ।

गत शनिबार गायिका पौडेले अनामनगरस्थित गिरीको स्टुडियोमा आत्मदाह प्रयास गरेकी थिइन्। 

गायिका पौडेलको उपचारका क्रममा शुक्रबार बिहान कीर्तिपुरको ‘वर्न अस्पताल’ मा निधन भएपछि उनको परिवारले गिरीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गराएको हो।

गायिका नितु पौडेल र संगीतकार बाबुल गिरी ९धनबहादुर० झण्डै ७ वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ।

प्रकाशित मिति: १७:४४ बजे, शुक्रबार, कात्तिक ७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्