Kathmandu Press

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

विभिन्न वामपन्थी शक्तिसँग एकताका लागि आएको प्रस्तावमा छलफल गर्न कात्तिक १२ गते बैठक बोलाइएको हो।
एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं, कात्तिक ७ : नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ।

विभिन्न वामपन्थी शक्तिसँग एकताका लागि आएको प्रस्तावमा छलफल गर्न कात्तिक १२ गते बैठक  बोलाइएको हो।

वामपन्थी, कम्युनिस्ट र समाजवादी पार्टीहरूसँग चलिरहेको एकतासम्बन्धी वार्ता प्रक्रियालाई यथाशीघ्र निष्कर्षमा पुर्याउन केन्द्रित हुने बैठकमा एकतापछिको पार्टीको सैद्धान्तिक दृष्टिकोण, नेताहरूको व्यवस्थापनलगायत विषयमा छलफल गरिने समेत बताइएको छ। 

प्रकाशित मिति: १५:२७ बजे, शुक्रबार, कात्तिक ७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्